२८ चैत्र २०८१, बिहीबार

सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट


काठमाडौंका यी क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौँ । तीनकुनेमा मृत्यु भएका सविन महर्जनको शव परीक्षण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको खुलेको हो ।

प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ । पूर्वराजा समर्थकहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर महर्जनले ज्यान गुमाएका थिए ।

कीर्तिपुर नगरपालिका–४ बस्ने महर्जनलाई एक गोली लागेको पुष्टि भएको हो । २९ वर्षका महर्जन दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !