
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहेका बेला गर्दै गर्दा प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले अवरोध गरेका छन् ।
उनीहरूले उठेर नियमावलीको प्रश्न उठाउँदै होहल्ला गरेका हुन् । ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरे । उनले संविधान उल्लंघनका विषयमा आफूले प्रश्न उठाइरहेको बताए ।
सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरिरहेका छन् । उनीहरूले अवरोध होहल्ला गरेपछि प्रधानमन्त्रीले संविधान नमान्नेहरूले नियमावलीका विषयमा प्रश्न उठाउन आवश्यक नभएको बताए ।