२० चैत्र २०८१, बुधबार

आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ


पुष्कर खतिवडा

काठमाडौँ । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । राजावादी आन्दोलनलाई उत्तेजित बनाउने खतिवडा आज पक्राउ परेका हुन् ।

हिजो शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई इमाडोल क्षेत्रमा लुकिरहेको अवस्थाबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । यसअघि भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि खतिवडालाई प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायतका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !