
काठमाडौँ । राजावादी अधिवक्ता स्वागत नेपाल पक्राउ परेका छन् । प्रहरीले पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सक्रिय अधिवक्ता नेपालसहित थप ३ जनालाई हिजो राती पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ रहेका छन् । उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र सुवेदीको नेतृत्वको समूहले गरेको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका छन् ।
यस्तै राजावादीले गठन गरेको ‘राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । तर राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईं भने फरार भएका छन् ।