
काठमाडौँ । सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईं फरार भएका छन् । पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका कमान्डर प्रसाईँ फरार भएका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले शुक्रवार आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको छ । प्रदर्शनको अर्को आयोजक समूह ‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।
प्रसाईंको खोजी भइरहेको प्रहरीले बताएको छ । प्रहरीका विभिन्न युनिटका अधिकृतहरूले उनको खोजी तीव्र बनाएका छन् । संयोजक दुर्गा प्रसाईं आफैँले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताए ।
गृह मन्त्रालयका सहसचिव रिजालले हिजो शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारले प्रसाईंलाई कारबाही गर्ने तयारी गरेको जानकारी दिएका थिए ।