
काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ । उनी एभिन्यूज टेलिभिजनमा क्यामरामेनको रुपमा कार्यरत थिए ।
उनको शरीर जलेर चिन्न नसकिने अवस्थामा मृत फेला परेको छ । तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा राजावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए ।
आगलागी भएको भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका रजकको मृत्यु भएको हो । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् ।