
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएको छन् । राजावादीहरुको आन्दोलन उग्र भएसंगै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक बेलुका ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो । राजवादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि जिल्ला प्रशाशन कार्यालय काठमाडौँले कर्फ्यू आदेश जारी गरेर तीनकुने र कोटेश्वर क्षेत्रमा नेपाली सेना खटाएको छ ।
राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जिल्ला प्रशासन कार्यालयले काठमाडौँले जारी गरिएको कर्फ्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको हो । काठमाडौँका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र ताेडफोड गर्न थालेपछि सेना खटाइएकाे हाे ।