१९ चैत्र २०८१, मंगलबार

कर्फ्यु लागेसँगै कोटेश्वर क्षेत्रमा नेपाली सेना परिचालन


कर्फ्यु लागेसँगै कोटेश्वर क्षेत्रमा नेपाली सेना परिचालन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेसँगै काठमाडौँको कोटेश्वर क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ ।

राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जिल्ला प्रशासन कार्यालयले काठमाडौँले जारी गरिएको कर्फ्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको हो । नेपाली सेना बख्तरबन्द गाडीसहित सकडमा देखिएको हो ।

कर्फ्यू आदेश पालना गराउन सो क्षेत्रमा नेपाली सेना खटाइएको बताइएको हो । काठमाडौँका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र ताेडफोड गर्न थालेपछि सेना खटाइएकाे हाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !