१९ चैत्र २०८१, मंगलबार

राजावादी प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको राइफल


राजावादी प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको राइफल

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको राइफल खोसेका छन् । राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको हो ।

सशस्त्र प्रहरी बलका महिला जवानमाथि राजावादीले आक्रमण समेत गरेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शन र सभा बिथोलिएको केहीसमयपछि काठमाडौँको तीनकुनेस्थित एक निजी घरमा आगजनी भएको छ । आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !