१९ चैत्र २०८१, मंगलबार

काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादीबीच धकेलाधकेल


काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादीबीच धकेलाधकेल

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादीहरुबीच धकेलाधकेल भएकाे छ । तीनकुनेमा भेला भएको राजावादी समर्थकहरु नयाँ बानेश्वरको संसद् भवनतर्फ आउन प्रहरीले रोकेपछि प्रहरी र राजावादीबीच धकेलाधकेल भएको हो ।

काठमाडौँको तीनकुनेबाट पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले तीनकुने पुलबाट बानेश्वर प्रवेशमा रोकेको छ । ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।

काठमाडौँको तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न राजावादीहरुलाई आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !