
काठमाडौं । प्रतिनिधिसभाको बैठक सारिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजे बस्ने गरी सारिएको हो ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीकै जवाफ चाहिने अडान लिएपछि बैठक सारिएको हो ।
सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरुबीच अवरोध हटाउने विषयमा कुराकानी नमिल्दा बैठक २ बजे बस्नेगरी सारिएको हो । यता सरकारपक्षले एउटा कर्मचारीको विषयमा जवाफ दिन जरुरी नभएको बताउँदै आएको छ ।