१८ चैत्र २०८१, सोमबार

राजावादी सल्बलाएपछि ओली, देउवा र प्रचण्ड देखिए एउटै मञ्चमा


ओली, देउवा र प्रचण्ड देखिए एउटै मञ्चमा

काठमाडौं । देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु एकै मञ्चमा देखिएका छन् । राजावादी सल्बलाएपछि सत्ता र प्रतिपक्षका तीन प्रमुख नेता एकैमञ्चमा देखिएका हुन् ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा देखिएका हुन् ।

राजधानीमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनमा तीन नेता एकैमञ्चमा उपस्थित भएका हुन् ।

सम्मेलनमा तीनै नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चैत ११ गतेमात्रै संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन सर्च कमिटी गठन गर्ने दलहरूवीच सहमति जुटेको थियो ।

सोही सहमतिअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको थियो ।कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् ।

ओली, देउवा र प्रचण्ड देखिए एउटै मञ्चमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !