१७ चैत्र २०८१, आइतबार

कुलमानलाई हटाएको विरोधमा विपक्षी दलद्वारा राष्ट्रियसभा बैठक पनि अवरोध


कुलमानलाई हटाएको विरोधमा विपक्षी दलद्वारा राष्ट्रियसभा बैठक पनि अवरोध

काठमाडौं । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै राष्ट्रियभामा बैठक पनि अवरोध गरेका छन् ।

बैठक सुरु हुनासाथ विपक्षी दलको सांसदहरूले उठेर विरोध जनाएका थिए । कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको बैठकमा आएर स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने सांसद गोपीबहादुर सार्कीले बताए ।

कुलमानलाई हटाउने सरकारको निर्णयको विरोध विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !