१३ चैत्र २०८१, बुधबार

प्रमाण देखाउँदै बालेनले भने– गलत भए मलाई जेल हाल


केपी शर्मा ओली

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू गतल भए जेल हाल्न चुनौती दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

काठमाडौँ महानगरका प्रमुख शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप समेत लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?

काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् । अवैधानिक रूपमा काठमाडौं टावरको नक्सापास गरेको भन्दै गुरागाईंलाई मेयर बालेनले निलम्बन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !