१३ चैत्र २०८१, बुधबार

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्री खड्काको पुतला दहन


कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्री खड्काको पुतला दहन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पुतला दहन गरिएको छ । घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै मन्त्री खड्काको पुतला जलाएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए । प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए ।

हिजो सोमबार चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई जिम्मेवारीमुक्त गरिएपछि विभिन्न क्षेत्रका व्यक्तिले उक्त निर्णयको विरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !