
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सुझाव दिएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र संवैधानिक राजा हुन पनि लायक नभएको टिप्पणी गरेका हुन् ।
देउवाले पूर्वराजा शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती समेत दिएका छन् । उनले भने, “पूर्वराजा संवैधानिक भएर बस्ने व्यक्ति होइनन्, चाहना नै हो भने राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पार्टी सभापति भएपछि राप्रपा पनि पछुताउँछ, नभए पूर्वराजाले पार्टी खोलेर आए हुन्छ ।”