काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरको दर्शन गर्ने भएका छन् । पूर्वराजा शाहका सम्वाद सचिव डा. फणिराज पाठकले आज एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
पाठकका अनुसार पूर्वराजा शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न गोरखा जान लागेको जानकारी दिएका हुन् । गोरखनाथकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको भन्ने विश्वासका आधारमा शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा गोरखनाथको विशेष सम्बन्ध रहेको छ ।
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र राजावादीहरूका गतिविधिका कारण मुलुकको राजनीति तरङ्गित भइरहेका बेला शाह पुन: गोरखा जान लागेका हुन् ।
यस्तो छ हेर्नुहोस् सूचना














