१७ बैशाख २०८२, बुधबार

तोसिमा कार्कीको सांसद पद जोगियो, सर्वोच्चद्वारा आयोगको निर्णय बदर


डा. तोसिमा कार्की

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ ।

आज मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई खारेज गरेको हो । सर्वोच्चको यो निर्णयसंगै ललितपुर–३ बाट निर्वाचित भएकी कार्कीको सांसद पद सुरक्षित भएको छ ।

आयोगले २०७९ कात्तिक १२ गते नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा कार्कीले २०७९ वैशाख ९ देखि मिति २०७९ भदौ २ गतेसम्म भ्रमण भत्तास्वरूप एकलाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएको पाइएको कारण देखाएर उनको उमेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

कार्कीलाई सार्वजनिक पद धारण गरेको व्यक्ति ठहराउँदै आयोगले प्रतिनिधिसभा सदस्यको उमेदवार अयोग्य रहेको निष्कर्ष निकालेको थियो । आयोगको निर्णयविरुद्ध ०७० कात्तिक १४ मा उनी सर्वोच्च पुगेकी थिइन् ।

उनको रिटमा न्यायाधीश कुमार चुडालको एकल इजलासले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिदिएका थिए । सर्वोच्चको अन्तरिम आदेशपछि उनको उमेदवारीले निरन्तरता पाएर रास्वपाबाट चुनाव लडेर सांसद पदमा निर्वाचित भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !