४ फाल्गुन २०८२, सोमबार

यो ट्रायलमात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नु : सांसद कार्की


रोशन कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले फागुन २५ गते आइतबारको पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निकालिएको र्‍याली ट्रायलमात्रै भएको बताएकी छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले फागुन २५ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायलमात्र भएको भन्दै आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने भएकाले गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज्दै गर्न आग्रह गरेकी हुन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले सांसदहरूले गरेको पूर्वराजालाई ‘भूत’ भनेकामा आपत्ति जनाइन् । नेकपा (माओवादी केन्द्र) सांसद रणेन्द्र बरालीले ‘भूत’ भनेपछि उनले जवाफी प्रश्न गरिन्, “लेनिनको भूत हो कि ? माओवादीको भूत हो ?”

उनले आगामी दिनमा राजाको पक्षमा ७३ जिल्लाका मन्छे थपिए नआत्तिन सुझाव समेत दिइन् । उनले अरू जिल्लाबाट पनि मानिस निस्कदाँ ‘लुक्ने ठाउँ पनि नहोला’ भन्दै चेतावनी दिइन् । उनले सरकारको नालायकीपनले भिड जन्माएको दाबी गरिन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !