६ बैशाख २०८२, शनिबार

लोकतन्त्रको विकल्प राजतन्त्र होइन, राजासहितको लोकतन्त्र हो : कमल थापा


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । सामाजिक संजालमा लेख्दै अध्यक्ष थापाले लोकतन्त्रको विकल्प राजतन्त्र नभएर राजासहितको लोकतन्त्र भएको प्रष्ट पारेका छन् ।

थापाले जनताले लोकतन्त्रको विकल्प नखोजेको तर राजासहितको लोकतन्त्र खोजेको उल्लेख गरेका छन् । उनले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन् । सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु नपर्ने उनकाे टिप्पणी छ ।

उनले लेखका छन्, ‘लोकतन्त्रको विकल्प राजतन्त्र होईन,हुनसक्दैन।त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन,राजासहितको लोकतन्त्र खोजेको हो।लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र,सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो।मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो।राजासहितको प्रजातन्त्र बिश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउंदा आत्तिनु पर्दैन।’

 कमल थापा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !