२ फाल्गुन २०८२, शनिबार

बाह्य शक्तिको आडमा राजावादी सक्रिय भएको माओवादीको आशंका


माओवादी केन्द्र

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले बाह्य शक्तिको आडमा राजावादी सक्रिय भएको आशंका गरेको छ । आज सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विदेशी शक्तिको आडमा राजावादी सक्रिय भएको आशंका गरेको हो ।

माओवादी केन्द्रले देशमा संविधान संशोधनको बहस चलिरहेको बेला बाह्य शक्तिले हिन्दू राज्यको अवधारणासहित नेपालमा आन्दोलन चर्काउन खोजेको आशंका गरेको हो ।

माओवादीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको छ । राजावादीको जुलुसमा योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको हो ।

पूर्वराजाको सक्रियता आफ्नै बलबुतामा नभई विदेशी शक्तिको आडमा प्रतिगामी शक्ति सलबलाएको विषयमा समीक्षा भएको हो । आन्दोलन चलिरहे माओवादीले ल्याएको व्यवस्था कमजोर पार्न सकिन्छ भन्ने सरकारमा हुनेहरूले सोचेको हुनसक्ने आशंका गरेको छ ।

माओवादीले अब सडक र सदनको मोर्चालाई बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको बुझिएको छ । सो पार्टीले यसबारेमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्ने तयारी समत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु