१ फाल्गुन २०८२, शुक्रबार

राजावादी मच्चिँदैमा राजतन्त्र फर्कंदैन, उनीहरु मूर्ख हुन् : सञ्चारमन्त्री गुरुङ


पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादी मच्चिँदैमा राजतन्त्र नफर्किने बताउदै उनीहरु मूर्ख भएको बताएका छन् ।

आज फागुन २३ गते शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले राजतन्त्र फर्किहाल्ने सम्भावना नरहेको बताएका हुन् । उनले राजतन्त्र फर्कन्छ भन्ने कल्पना गर्नेहरूलाई मूर्खको संज्ञा पनि दिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका क्रियाकलापलाई उनले ‘हैसियत भुलेको’ भन्दै टिप्पणी गरे । उनले नेपालमा पूर्वराजा ज्ञानेन्द्रलाई सुरक्षा प्रदान गरेर स–सम्मान राखिएको बताए ।

उनले आफ्नो संस्था र परिवारको रक्षा गर्न नसक्नेले देशको रक्षा गर्न नसक्ने पनि बताए । अरू देशमा व्यवस्था परिवर्तनपछि राजालाई मुलकमा बस्न नदिइएको, सम्पति नै हरण गरेको उनले सुनाए । उनले ‘पृथ्वीमा जन्मिएको बच्चा आमाको काखमा फकर्न नसक्ने’जस्तै राजतन्त्र फिर्ती सम्भव नभएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु