३ बैशाख २०८२, बुधबार

बालेनको घर पुगेर प्रचण्डले भने– सबै मिलेर अधिकार जोगाऔँ, देश बनाऔँ


बालेनको घर पुगेर प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मिलेर अधिकारलाई जोगाएर देश बनाउनुपर्ने बताएका छन् ।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहितका नेता आज बिहीबार महोत्तरीको एकडारा गाउँपालिकास्थित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घरमा पुग्दा रमाइलो अनुभूति भएको बताउन्दै सवै मिलेर देश बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रम भएको स्थल काठमाडौँ महानगरका मेयर बालेनको पुर्ख्यौली घर हो । अहिले यो घर गाउँपालिकाले प्रयोग गरिरहेको छ । हाल पालिका कार्यालय रहेको उक्त घरमा माओवादीले कार्यक्रम राखेको हो ।

‘बालेन शाहको पुर्ख्यौली घर । उहाँको बा लगायत काकाहरूको घरमा हामी आइपुगेका छौ रमाइलो महसुस भएको छ’,प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने- ‘बालेनजीले पनि सुनिराख्नुभएको होला । हामी सबै मिलेर देश बनाउनु छ ।’

अध्यक्ष प्रचण्डले अहिले एकथरी मानिसहरू जनताले ठुलो बलिदानी गरेर ल्याएको सङ्घीयता र संविधान उल्ट्याउने कसरत भइरहेको बताए । उनले जनतालाई अझ धेरै अधिकार र पहिचानका लागि माओवादी लागिरहेको भन्दै पहिचान र अधिकारको मुद्दाका लागि प्रतिवाद गर्नुपर्ने अवस्था आए अपिल गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !