
काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाबाट सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८१ स्वीकृत भएको छ । प्रतिनिधिसभाको आज बुधबारको बैठकले अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।
अध्यादेशमा नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले अस्वीकारको सूचना प्रस्तुत गरेतापनि उनको सूचना अस्वीकृत भएपछि प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश स्वीकृतको प्रस्ताव राखेकोमा बहुमतले स्वीकृत भएको हो ।