४ फाल्गुन २०८२, सोमबार

शिक्षामन्त्री भट्टराई अस्पतालबाट डिस्चार्ज, घरमै आराम गर्दै


विद्या भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अस्पतालबाट डिस्चार्ज भएकी छन् । ९ दिन लामो अस्पताल बसाइपछि उनी आइतबार डिस्चार्ज भएकी हुन् ।

चिकित्सकले केहीदिन घरमै आराम गर्न सल्लाह दिएपछि उनी घरमै आराम गरिरहेकी छन् । घाँटीको संक्रमण भएपछि गत फागुन ९ गते उनी अस्पताल भर्ना भएकी थिइन् ।

घाँटीको समस्या देखिएपछि नाक, कान, घाँटी विभागका चिकित्सकहरु उनको उपचारमा संलग्न भएका थिए । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार गरिएको थियो ।

मन्त्री भट्टराई हालसम्मको परीक्षणमा कुनै जटिलता नदेखिएको अस्पतालले बताएको छ । घाँटीको ग्रन्थी (ग्ल्यान्ड)मा संक्रमण बढेपछि बायोप्सी परीक्षण गरिएकोले सो रिपोर्ट आउन अझै एक–दुई दिन लाग्ने अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !