३ बैशाख २०८२, बुधबार

पूर्णबहादुर नेपाली श्रीलंकाको राजदूत नियुक्त


पूर्णबहादुर नेपाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गरेका छन् । आज सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।

नेपालीलाई मन्त्रिपरिषद्ले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो भने पुस १४ गते संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !