२ फाल्गुन २०८२, शनिबार

शिक्षामन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना


विद्या भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि उनको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार भरहेको छ ।

शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार उनलाई घाँटी दुख्ने समस्या छ । ज्वरो आउने र निरन्तर खोकी लाग्ने भएपछि उनलाई भर्ना गरेर उपचार सुरु गरिएको हो ।

उनको शुक्रबारदेखि नै भर्ना गरेर उपचार भइरहेको उनले बताएका छन् । घाँटीको समस्या देखिएपछि सुरुमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु उपचारमा संलग्न भएका थिए।

अहिले घाँटीको उक्त समस्या सुधार हुँदै गएको बताइएको छ। घाँटी र फोक्सोसँग सम्बन्धित थप चेकजाँच भने जारी रहेको बताइएको छ।

उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार जारी रहेको हो । आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु