२० चैत्र २०८१, बुधबार

कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमण रद्द भएको छ । यसअघि आज बिहीबार भारत जाने कार्यक्रम तय भएपनि अन्तिममा आएर भ्रमण स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रयागराजमा शुक्रबार र शनिबार हुन लागेको इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए ।

भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि अन्तिममा आएर देउवाले यो कार्यक्रम स्थगित गरेका हुन् । यद्यपि हिजो रातिसम्म इन्डिया फाउन्डेसनले नेपालका पूर्व प्रधानमन्त्री कम्ब ग्लोबल समिट कार्यक्रममा आउँदै छन् भने प्रचारप्रसार गरेका थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !