१२ आश्विन २०८१, शनिबार

नेकपा सचिवालयको बैठक शुरु हुँदै


meeting

२० असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको तेस्रो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अहिले केही बेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हँुदैछ ।

पार्टीका महासचिव विष्णु पौडेलका अनुसार पार्टी स्थायी समितिको बिहीबार बस्ने बैठकको तयारीका लागि अहिले ९ बजे सचिवालय बैठक बस्न लागेको हो ।

आजको बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ । नौ सदस्यीय नेकपा सचिवालयको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !