
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । गिरीबन्धु टी स्टेटबारे सर्वोच्चले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री लीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो ।
अधिवक्ता ओमप्रकाश अर्यालले उक्त अवहेलना निवेदन दायर गरेका हुन् । सर्वोच्चको फैसला कार्यान्वयन गर्नुको साटो ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्चको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित अधिवक्ता अर्यालले आज सोमबार अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।
सर्वोच्चले उक्तको निवेदनमा फागुन ४ गतेको पेसी दिएको छ । अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाएका छन् । अधिवक्ता अर्यालले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ मा जारी भएको परमादेशको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले अनवरत रूपमा अवरोध सिर्जना गरेको उल्लेख गरेका छन् ।
निवेदक अर्यालले अदालतको अवहेलनामा संलग्न कसुरदार प्रधानमन्त्री ओलीलाई गर्न माग गरेका छन् । उनले फैसला कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेश ल्याएको जिकिर गरेका छन् ।