२८ चैत्र २०८१, बिहीबार

रविको पद निलम्बन असंवैधानिक प्रतिशोध भएकोले पुनः मूल्यांकन गरियोस् : अध्यक्ष प्रचण्ड


अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बन असंवैधानिक प्रतिशोध भएकोले पुनः मूल्यांकन गर्ने सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

आज बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्ड लामिछानेका पक्षमा उभिएका हुन् । उनले सरकारले रविमाथि प्रतिशोध लिनेगरी देशभर दौडाइरहेको जिकिर गरे ।

उनले अहिले सरकार प्रतिशोध साँध्ने कुरामा बलियो देखिएको, न्यायपालिकालाई नै धम्क्याएर फसाइ छाड्ने कसरतमा रहेको जिकिर गरे । उनले लामिछानेलाई अदालतले पुर्पक्षका निम्ति थुनामा नपठाएपछि सांसद पदमा निलम्बन संवैधानिक नभएको बताए ।

उनले रविलाई संगठित अपराधमा किन मुद्दा नचलाएको भनेर चितवनका न्यायाधिवक्तालाई सरुवा गर्ने र छानबिन गर्ने निर्णय र बाँसबारीकाे छालाजुत्ता कारखानाको जग्गा हिनामिना गर्ने व्यक्तिविरुद्ध मुद्दा नचल्ने निर्णय एकसाथ भएको बताए ।

उनले कतिपयलाई राजनीतिक आधारमै उही दिन अदालतमा उपस्थित गराएर उसै दिन धरौटीमा रिहा गरिएको भन्दै उनले प्रतिपक्षी पार्टीका सभापतिलाई त्यही अरोपमा महिनौँ हिरासतमा राखेको टिप्पणी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !