४ फाल्गुन २०८२, सोमबार

पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित : मन्त्री गुरुङ


पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित हुने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज नेपाल निजामती कर्मचारी सङ्गठनको १२औँ विभागीय अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पदमा हुँदैमा सक्षम नेतृत्व सावित नहुने बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संस्थापक एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको चर्चा गर्दै हालका प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत नेतृत्व क्षमताको उदाहरण दिए ।

“पद पाउनु नेतृत्व सावित हुनु होइन,” उनले भने, “पदीय जिम्मेवारीमार्फत के कस्ता परिवर्तन ल्याउन सक्यो त्यो नेतृत्व क्षमता हो ।” रुपान्तरण ल्याउन सक्ने नेताले जनताको मनमा स्थान पाउने धारणा उनको थियो ।

उनले निजामती कर्मचारी सङ्गठनको कार्यशैलीप्रति प्रशंसा व्यक्त गर्दै बलियो सङ्गठन बन्न विचार, भावना, सङ्गठन र शैलीमा एकरुपता आवश्यक रहको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !