
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झिँगाको नभई मौरीको सङ्गत गर्न सुझाव दिएका छन् । सोमबार राजधानीमा युवासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत मान्छेको सङ्गत नगर्न युवाहरूलाई सुझाव दिएका हुन् ।
प्रधानमन्त्री ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गरेका हुन् । उनले गलत सङ्गतले जीवन नै बर्बाद हुने भएकाले त्यसतर्फ सचेत रहन समेत आग्रह गरे ।
प्रधानमन्त्री ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैं हेक्का राख्नुपर्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्नेकुरा ध्यान दिनुपर्ने बताए ।