२२ फाल्गुन २०८१, बिहीबार

आज माघ १९ गते, राजा ज्ञानेन्द्रले ‘कू’ गरेको दिन


ज्ञानेन्द्र शाह

काठमाडौँ । आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनव्यवस्था हातमा लिएको दिन । नेपालको इतिहासमा यसलाई कालो दिनको रूपमा लिइन्छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही घोषणामार्फत शासनसत्ता हातमा लिने घोषणा गरेका थिए । आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् घोषणा गरेका थिए ।

सशस्त्र संघर्ष गरिरहेको माओवादी र संसदवादी दलहरुलाई ज्ञानेन्द्रको यो कदमले एकजुट बनाएको हो। दलहरु राजाको प्रत्यक्ष शासनको विरुद्ध एकजुट भएर आन्दोलन चर्किएको थियो । २०६२,०६३ को जनआन्दोलनको सूत्रपात नै यही दिनको कदमलाई मानिन्छ।

२०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे समझदारी भयो। जसमा ‘निरङ्कुश राजतन्त्रविरोधी शक्तिहरूले निरङ्कुश राजतन्त्रकाविरुद्ध आ–आफ्ना ठाउँबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलन गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने’उल्लेख थियो ।

त्यसपछि माओवादीसहितका आठ राजनीतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए । त्यही आन्दोलनको सफलतासँगै २०६३ वैशाख ११ गते लोकतन्त्र आएको हो । २०६४ को निर्वाचितमार्फत् बनेको संविधानसभाको २०६५ जेठ १५ गतेको बैठकले २३८ वर्षीय राजसंस्थाको अन्त्य गरेको घोषणा गर्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !