१९ फाल्गुन २०८१, सोमबार

पार्टी टुक्र्याउने र भत्काउनेजस्ता कुरा यो सरकारको ‘मेन्यु’मा छैन : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता कुराहरू सरकारको ‘मेन्यु’मा नरहेको स्पष्ट गरेका छन् । उनले कांग्रेस–एमालेसहितको बलियो सरकारको प्राथमिकता त्यस्तो हुन नसक्ने भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे ।

सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उनले भने, “विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थमा खेर फालेजस्तो लागिरहेको छ–सरकार ढल्छ, ढल्नै लाग्यो । पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन । आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।”

बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे पनि जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !