५ फाल्गुन २०८२, मंगलबार

रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार


रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् ।

रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताएका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाएपछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !