१५ फाल्गुन २०८१, बिहीबार

सांसद पदको निलम्बन फुकुवाको माग गर्दै रविले दिए सभामुखसमक्ष निवेदन


देवराज घिमिरे र रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो सांसद पदको निलम्बन फुकुवा गरिदिन भन्दै सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन् ।

अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नदेखिएकोले आफ्नो संसद पद निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई लामिछानेले निवेदन दिएका हुन् ।

आज १५ जना सांसद लिएर लामिछाने सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेका हुन् । आफूलाई गरिएको निलम्बन कानुनसम्मत नभएको बताउँदै आजैको बैठकबाट फुकुवा गरिदिन उनले अनुरोध गरेका छन् ।

सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएपछि २०८१ पुस ८ गते लामिछाने सांसद पदबाट निलम्बित भएका थिए । आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु