
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको मंसिरमा मात्रै गठबन्धन सरकार ढल्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै २०८४ को मंसिरमा मात्रै गठबन्धन सरकार ढल्ने जिकिर गरेका हुन् । उनले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन र भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे ।
प्रचण्डले पछिल्लो समय हरेकजसो भाषणमा सरकार ढल्न लागेको बताउँदै आएका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर प्रचार गरेको बताए ।