४ फाल्गुन २०८२, सोमबार

कास्की अदालतको आदेश बदरको माग गर्दै रवि लामिछाने पुगे उच्च अदालत


रवि लामिछाने फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशको बदरको माग गर्दै उच्च अदालत पोखरा पुगेका छन् ।

सभापति लामिछानेले कास्की जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन केहीबेर अघि दर्ता भएको हो । रास्वपा सभापति लामिछाने कास्की जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी उच्च अदालत पुगेका हुन् ।

कास्की जिल्ला अदालतले गत पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले सोमबार उच्च अदालतमा दिएको निवेदन दर्ता भएको हो । कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

उनीविरुद्ध आइतबार मात्रै जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटी माग गरेको थियो । यस्तै लामिछाने यसअघि स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !