५ फाल्गुन २०८२, मंगलबार

रविको मुद्दामा बहस सकियो, आजै आदेश आउने


रवि लामिछाने फाइल फोटो

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आज थुनछेक बहस सकिएको छ । रास्वपा सभापति लामिछानेको मुद्दामा प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाले जवाफी बहस पनि सकेका छन् ।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा वादी प्रतिवादी दुवैतर्फको बहस सकिसकेकाले आजै आदेशको तयारी गरिएको छ । रविको तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेलले बहस गरे ।

अदालत स्रोतका अनुसार न्यायाधीश योगी थुनछेक आदेशको गृहकार्यमा जुटिसकेका छन् र आजै आदेश आउनेछ । न्यायाधीश योगीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ ।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !