१५ माघ २०८१, मंगलबार

अध्यादेश छलफल गरेरै आएको हो‚ चर्चा गर्न आवश्यक छैन : गगन थापा


गगन थापा फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग समन्वय र छलफल गरेरै अध्यादेश ल्याएको बताएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दलबाट सरकारमा रहेका मन्त्रीहरूसँगको छलफलमा महामन्त्री गगनकुमार थापाले सो जानकारी गराएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

कांग्रेसका सभापति देउवा निवासमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कामको समीक्षा भइरहेको छ । देउवाले पार्टीका शीर्ष नेताहरूसहित पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई निवासमै बोलाएर कामबारे समीक्षा गरिरहेका हुन् ।

अहिले मन्त्रीहरूले आफ्नो रिपोर्ट कार्ड पार्टी नेतृत्वसामु बुझाइरहेका छन् । बैठकमा सरकारले हालै ल्याएको अध्यादेशको विषयमा पनि कुरा उठेको छ।

सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले विरोध जनाइरहेका छन्। कांग्रेसका इतर पक्षका मात्रै नभई संस्थापन पक्षका नेताहरूले पनि त्यसको विरोध गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !