काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले रास्वपाका सभापति लामिछानेलाई ६० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएपछि सो रकम बुझाएर उनी रिहा भएका हुन् ।
सहकारी ठगी लगायतका मुद्दामा गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने धरौटी बुझाएर रिहा भएका हुन् । लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत प्रभु बैंककाे बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।
अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति लामिछानेलाई आज भएको थुनछेक बहसपछि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
यो पनि पढ्नुहोस्