२५ पुस २०८१, बिहीबार

प्रधानमन्त्रीको नजरमा केपी ओली : साधारण र इमानदार मान्छे


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू साधारण र इमानदार मान्छे भएको दाबी गरेका छन् । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका ओलीले विहीबार काठमाडौंमा आयोजित अनेरास्ववियुको स्ववियु चुनाव कार्यशालालाई सम्बोधन गर्ने क्रममा आफ्नै मूल्याङ्कन गरेका हुन् ।

उनले विगतमा एमालेलाई टर्च लाइट बाल्दा पनि भेटाउन नसक्ने बनाउने अभिव्यक्ति दिनेले आफूलाई पनि बिर्सिएको टिप्पणी गरे । उनले एमाले र आफूलाई सिध्याउने भन्दै धेरै मान्छे कराएको विषय उल्लेख गर्दै झिंगाले सरापेर डिंगा नमर्ने जिकिर गरे ।

ओलीले आफू साधारण र इमान्दार मान्छे भएको बताए । “को केपी ओली भन्ने कुरा म बताउन्न । मैले थाहा पाएको भनेको, एउटा साधारण मान्छे हो । इमानदारिताका साथ काम गर्छ,” ओलीले भने, “तर, झिँगाले सरापेर गाई वस्तु मर्दैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !