२३ पुस २०८१, मंगलबार

ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ


फणिन्द्र नेपाल

काठमाडौं । ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन् । ग्रेटर नेपालका संस्थापक नेपाललाई प्रहरीले सिंहदरबार दक्षिणी गेटबाट पक्राउ गरेको हो ।

नेपाललाई धर्ना बस्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा लगेको हो । लिपुलेकसम्बन्धी पछिल्लो प्रकरणमा सरकार गैरजिम्मेवार बनेको भन्दै नेपाल धर्ना दिन गएका थिए ।

सिंहदरबार गेटमा पुगेर ज्याकेट फुकालेर उनले आफ्नो ब्यानर प्रदर्शन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यसअघि मंसिर ६ गते बिहीबार नेपाल पक्राउ परेका थिए ।

भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा भ्रमणमा रहेको समयमा नेपालले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि शान्तिनगरबाट नियन्त्रणमा लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !