२३ पुस २०८१, मंगलबार

प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल सुरु, बोल्ने समय ३ मिनेट


माओवादी केन्द्रीय समिति बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ । काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारको सभाहलमा धुबैठक जारी रहेको हो ।

जारी बैठकको प्रारम्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको हो । प्रचण्डको प्रस्तावमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेटको समय निर्धारण गरिएको छ ।

हिजोको बैठकमा प्रचण्डले राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गरेका थिए । प्रचण्डले कांग्रेस र एमालेसँग चुनावी गठबन्धन नगर्ने तर माधव नेपालदेखि प्रभु साहसँग एकताको प्रयास गर्ने प्रस्ताव राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !