२० पुस २०८१, शनिबार

एमालेबाट निष्कासित भीम रावलले मातृभूमि जागरण अभियान चलाउने


भीम रावल

काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । एमालेले पार्टीको साधारण सदस्यबाट कारबाही गरेपछि आज बुधबार पहिलोपटक पत्रकार सम्मेलनको आयोजना गरेका रावलले यस्तो बताएका हुन् ।

रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका हुन् ।

रावलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरंकुश ढंगले सदस्यता नै खोसेपछि विकल्प खोज्न बाध्य भएको बताएका छन् । एमालेले पार्टीको साधारण सदस्यबाट कारबाही गरेपछि आज पहिलोपटक पत्रकार सम्मेलनको आयोजना गरेका रावलले एमालेले साधारण सदस्यसमेत खोसेपछि विकल्प खोज्नु बाध्य हुनुपरेको स्पष्ट पारेका हुन् ।

रावलले एमाले अध्यक्ष ओलीप्रति ओलीप्रति प्रश्नैप्रश्न गर्दै ओलीको झुटा कुरामा लत बसेको आरोप समेत लगाएका छन् । उनले ओलीविरुद्ध उम्मेदवारी दिँदा पार्टीको साधारण सदस्यता खोसिनेसम्मको अवस्था आएको खुलाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !