काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने संसद पदबाट निलम्बित भएको जानकारी दिएको हो ।
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा समेत आइतबार अभियोग दर्ता भएपछि उनको सांसद पद निलम्बन भएको हो ।
यसअघि रास्वपाका संसदहरुले सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बनमा नराख्न अनुरोध गरेका भए पनि प्रहरीको पत्रपछि संसद्ले निलम्बनमा राखेको सूचना जारी गरेको हो । लामिछाने अब मुद्दाको किनारा नलागेसम्म निलम्बनमा रहनेछन् ।
नेपालको संविधानको धारा १०३ मा प्रतिनिधि सभाका कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परे सभामुखलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप हिजो आइतबार नै कास्की प्रहरीले संसद् सचिवालयलाई पत्र लेख्दै मुद्दा दर्ता भएको जानकारी गराएको थियो ।
यस्तो छ हेर्नुहोस् संसद सचिवालयले निकालेको सूचना
यो पनि पढ्नुहोस्
डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी
रविलाई निलम्बन नगर्न रास्वपाका सांसदहरूले गरे सभामुखलाई आग्रह