३ पुस २०८१, बुधबार

भ्रष्टहरूको अनुहार नहेरी अपराध गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा आफू लागेको बताएका हुन् ।

ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सच्चाएर अघि बढाउन आफू नेतृत्वको सरकारले काम गरिरहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन कर्मचारीहरुले पनि नपाउने बताए । उनले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि जनताको सेवामा तल्लिन हुनुपर्ने जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !