२९ मंसिर २०८१, शनिबार

राष्ट्रपति पौडेलद्वारा विभिन्न पाँच देशका राजदूत नियुक्त


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति आज पौडेलले आज विभिन्न पाँच देशको लागि नेपाली राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाको लागि नेपाली राजदूत नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई शुक्रबार राजदूत नियुक्त गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !