१५ पुस २०८१, सोमबार

प्रधानमन्त्री ओलीले गरे दमक भ्यूटावरको उद्घाटन


प्रधानमन्त्री ओलीले गरे दमक भ्यूटावरको उद्घाटन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित दमक भ्यूटावरको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गरेका हुन् ।

मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो । कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ । दमक टावरको ओली यसअघि प्रधानमन्त्री हुँदा निर्माण सुरू गरिएको थियो ।

भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी छन् ।

प्रधानमन्त्री ओली दुई दिवसीय भ्रमणका क्रममा आज गृहजिल्ला झापा पुगेका हुन् । गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उनी गृहजिल्ला पुगेका हुन् ।

 दमक भ्यूटावरको


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !